बसिरको उत्कृष्ट ब्याटिङमा कर्णालीमाथि विराटनगरको रोमाञ्चक जित


काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको दोस्रो खेलमा बसिर अहमदको आक्रामक ब्याटिङले हारको मुखमा पुगेको विराटनगरले कर्णाली याक्सविरुद्ध ३ विकेटको जित निकालेको छ ।

थ्रिलिङ खेलमा विराटनगरका बसिरको ब्याटिङको आडमा कर्णालीले पराजित बन्न पुगेको हो । पाँच ओभर ४ बलमा तेस्रो विकेट गएपछि क्रिजमा आएका बसिरले अन्तिमसम्म टिकेर ४३ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ६२ रन जोडे ।

टस हारेर १६१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको विराटनगरका बसिरले अन्तिम ओभरको पाँचौ बलमा छक्का प्रहार गरी टिमलाई जिताएका हुन् । अन्तिम २ बलमा विराटनगरलाई जितका लागि चार रनको आवश्यक थियो ।

विराटनगरले १९ ओभर ५ बलमा ७ विकेटको क्षतिमा १६३ रनमा बनाएर ३ विकेटको जित निकालेको हो ।

प्रतिक्रिया