टस जितेर पहिले ब्याटिङ गर्दै पोखरा एभेन्जर्स


काठमाडौं-  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर आफैँ ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

पोखरा टोलीले हरियो जर्सी लगाएर मैदानमा उत्रिएको छ। जनकपुर गुलाफी जर्सी लगाएर ‘आमाको सम्मान’ अभियानको सन्देश बोकी मैदानमा उत्रिएको छ।

पोखराले अभिषेक तिवारीको स्थानमा तृतराज दासलाई खेलाएको छ भने जनकपुरले ३ खेलाडी परिवर्तन गरेको छ। टोलीले आदित्य महताको स्थानमा शुभ कंसाकारलाई मैदानमा उतारेको छ। साथै, जनकपुरले पहिलो पटक दक्षिण अफ्रिकाका पूर्व तीव्र बलर वायन पार्नेल र पाकिस्तानी अलराउन्डर माज सदाकतलाई खेलाएको छ।

 

प्रतिक्रिया