
मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
काठमाडौं- महिला हिंसा विरुद्धको अभियन्ता तथा ‘जेनजी’ अगुवा मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेकी छिन्। पार्टीले उनलाई केन्द्रीय समिति सदस्य बनाउने पनि घोषणा गरेको छ।
बिहीबार राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता घोषणा सभामा नेकपाका सहसंयोजक माधव कुमार नेपालले मुस्कान खातुनलाई केन्द्रीय सदस्य बनाउने निर्णयको जानकारी दिएका हुन्। कार्यक्रममा उनले देशमा रहेका भ्रष्टाचार, हिंसा र अन्य असमानता अन्त्यका लागि पार्टीले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे।
वीरगञ्ज निवासी मुस्कान खातुन ०७६ साल भदौमा तेजाब आक्रमणको शिकार भएकी थिइन्। उपचारपछि सामाजिक क्षेत्रमा सक्रिय भएकी उनी २०२१ मा अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारबाट सम्मानित भइसकेकी छन्।



कागजपत्र |
