
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल
ब्राजिल।- ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई २७ वर्ष तीन महिनाको जेल सजाय सुनाएको छ। उनलाई विद्रोहको षड्यन्त्र र आफ्ना वामपन्थी प्रतिद्वन्द्वी तथा वर्तमान राष्ट्रपति लुला दा सिल्भाको हत्या योजना बनाएको आरोपमा दोषी ठहराइएको हो।
न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले भने, “मुद्दाको अन्तिम निर्णय भइसकेको छ, अब पुनरावेदन गर्न सकिँदैन।” ७० वर्षीय बोल्सोनारो अब राजधानी ब्रासिलियाको जेलमा सजाय भोग्नेछन्। उनी शनिबारदेखि हिरासतमा छन्।
पूर्वराष्ट्रपति घरमै नजरबन्दमा थिए, तर निगरानी यन्त्र हटाएपछि पक्राउ परेका थिए। उनले यन्त्र हटाउने प्रयास गरेको स्वीकार गरेका छन्, तर भाग्ने मनसाय नभएको स्पष्ट पारेका छन्। न्यायाधीश मोरेसले बोल्सोनारोको स्वास्थ्यलाई ध्यानमा राख्दै पूर्णकालीन चिकित्सा हेरचाहको व्यवस्था गर्न आदेश पनि दिएका छन्।



कागजपत्र |
