दृष्टिविहीन महिला विश्वकप उपविजेता टोलीलाई क्यानको सम्मान, १० लाख पुरस्कार


काठमाडौं-  नेपाल क्रिकेट सङ्घ (क्यान) ले दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेको नेपाली क्रिकेट टोलीलाई सम्मान गरेको छ ।

क्यानले मङ्गलबार दृष्टिविहीन महिला क्रिकेटमा नेपाल उपविजेता बनेपछि दृष्टिविहीन क्रिकेट सङ्घलाई १० लाख रुपियाँ बराबरको चेक हस्तान्तरण समेत गरेको छ ।

श्रीलङ्काको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा नेपाल भारतसँग सात विकेटले पराजित भएको थियो ।

पहिलो पटक आयोजित दृष्टिविहीन महिला टी–२० विश्वकपको उपाधि भारतले जित्यो । नेपालले सेमिफाइनलमा पाकिस्तानलाई हराएर फाइनलमा स्थान बनाएको थियो ।

प्रतिक्रिया