
सुशासन, भ्रष्टाचार निर्मूल र दण्डहीनताको अन्त्य नै जनताको प्रमुख मागः डा. शेखर
काठमाडौं — कांग्रेस बरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान सरकारलाई जनताले खोजेको माग पूरा गर्न आग्रह गरेका छन् ।
डा. कोइरालाले एक कार्यक्रममा पछिल्लो समय सरकार जनताको माग भन्दा पनि केही समूहको स्वार्थका साथ अगाडी बढी रहेकाे बताउँदै सरकारको दायित्व भनेको जनभावना अनुरूप अगाडी बढ्नुपर्ने बताएका छन्।
उनले वर्तमान परिप्रेक्ष्यमा जनताको सबैभन्दा ठूलो माग भनेको सुशासन हो । उनले जनताले भ्रष्टाचार निर्मुलका साथै दण्डहीनताको अन्त्यको खोजी गरिरहेको बताए ।
मुलुकको पछिल्लो घटनाक्रमसँगै बढ्दै गएको बेरोजगारीको अन्त्य गर्दै रोजागारीका अवसरहरुको सिर्जना गर्न माग गरेको बताउँदै सरकार जनताका समस्या समाधानका लागि दत्तचित्त भएर लाग्नुपर्ने बताएका छन् ।



कागजपत्र |
