भारत सरकारले यसरी गर्दैछ दरबार र राजा ज्ञानेन्द्रको मान, कस–कसले भेट्नेछन्?


काठमाडौं– भारत सरकारले दरबार र राजा ज्ञानेन्द्रको सम्मान गर्ने तयारी गरेको छ। हरिद्वारमा चलेको कुम्भमेलामा भारत पुगेका ज्ञानेन्द्रलाई महाराजाको मान र दरबार, नेपाली झन्डासहितको रथबाट शाही स्नान गराउने तयारी भएको छ।

उनी विहीबार भारतको नयाँ दिल्ली पुगेका थिए। शुक्रबार हरिद्वारमा उत्तराखण्डका मुख्यमन्त्री, केदारनाथका पिठाधिशलगायतले स्वागत गर्ने राजा ज्ञानेन्द्रले सोमबार शाही स्नान गर्ने बताइएको छ।

उत्तराखण्डका मुख्यमन्त्री तिर्थसिंह रावतले ज्ञानेन्द्रलाई राजाकै हिसाबमा स्वागत गर्नेछन् भने भारत सरकारका तीन तहका कडा सुरक्षा व्यवस्था छ। केन्द्रीय सरकार, उत्तराखण्ड सरकार र स्थानीय सरकारको सुरक्षामा ज्ञानेन्द्रले पत्नी कोमल शाहसहित उत्तराखण्डमा दुई दिन बस्ने र शाही स्नान गर्ने निश्चित भएको छ।

यसैबीच, उत्तराखण्डका पूर्वमुख्यमन्त्री, भाजपाका पूर्व केन्द्रीय उपाध्यक्ष तथा महाराष्ट्रका गभर्नर भगतसिंह कोसियारी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायतले ज्ञानेन्द्रसँग गोप्य भेटवार्ता गर्नेछन्।

सो क्रममा नेपालको बदलिँदो राजनीति, व्यवस्था, हिन्दूत्वका विषयमा कुराकानी हुने बताइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीनिकट रहेका भाजपाका नेपाल मामिला हेर्ने महासचिव राम माधवलगायतले पनि ज्ञानेन्द्रलाई भेट गर्ने उच्च स्रोतको दाबी छ।

प्रतिक्रिया