सडकमै ट्रक पल्टिएपछि…


काठमाडौँ – सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सडक शनिबार बिहानैदेखि पूर्णरूपमा अवरुद्ध भएको छ।

वीरगञ्जबाट काठमाडौँतर्फ औषधि लोड लिई जाँदै गरेको ना३ख ३१९२ नम्बरको ट्रक मकवानपुरको भीमफेदी गाउँपालिका- ८ बगुवास्थित सडकमा ब्रेक फेल भई अनियन्त्रित भएर पल्टिँदा सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

सडक अवरुद्ध हुँदा हेटौँडाबाट काठमाडौँ गुडेको र काठमाडौँबाट हेटौँडा आउँदै गरेका सवारीसाधन बाटोमै रोकिएका छन्। दुर्घटनास्थलबाट ट्रक हटाएर बाटो सहज गराउने पहल भइरहेको बोगटीले बताए।

प्रतिक्रिया