
सुदूरपश्चिमले काठमाडौंलाई दियो १४८ रनको लक्ष्य
काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको खेलमा सुदूरपश्चि रोयल्सले काठमाडौं गुर्खाज विरुद्ध १४८ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि हरमितले २० बलमा ६ छक्का र २ चौकाको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरे । यसैगरी कप्तान दीपेन्द्रसिंह ऐरीले ३९, आरिफ शेखले २५ र इशान पाण्डेले ११ रन बनाए ।
काठमाडौंका लागि कप्तान करण केसीले चार तथा सन्नी पटेल, मिलिन्द कुमार र राशिद खानले समान दुई/दुई विकेट लिए ।



कागजपत्र |
