नेपालमा पहिलोपटक फ्लड लाइटमा क्रिकेट, उद्घाटन खेलमा दर्शकको भीड[फोटोफिचर]


काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण मंसिरको चिसो मौसमसँगै सुरु भएको छ। उद्घाटन खेलमै दर्शकहरूको उत्साह देखिनेगरी भीड लागेको छ।

टीयू ग्राउण्डमा सोमबार जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीचको उद्घाटन खेल चलिरहँदा साँझ परेको भए पनि मैदान वरिपरि फ्लड लाइटको प्रकाशले पूरा वातावरण उज्यालो बनेको छ। नेपाली क्रिकेट इतिहासमै पहिलोपटक फ्लड लाइटमा खेल भएको यो क्षण हेर्न दर्शकहरू उत्साहित बनेर ग्राउण्डमा पुगेका थिए।

May be an image of crowd and text

यससँगै नेपालमा क्रिकेट समर्थकहरूले पहिलोपटक रात्रिकालीन (नाइट) क्रिकेटको मजा लिन पाएका छन्। एनपीएल–२ का खेलहरू फ्लड लाइटमा आयोजना हुने भएपछि यो विशेष अवसर सम्भव भएको हो।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलबाट एनपीएल–२ आधिकारिक रूपमा सुरू भएको हो। यस संस्करणका ३२ खेलमध्ये २३ खेल फ्लड लाइटमा हुने तालिका रहेको छ, जसले नेपाली क्रिकेटमा रात्री खेलको नयाँ युग सुरुआत भएको कोरोना दिएको छ।

May be an image of crowd and text

May be an image of crowd and text

May be an image of crowd and text

May be an image of one or more people, crowd and text

May be an image of crowd and text

 

प्रतिक्रिया