बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडाैं – नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ५ सयले बढेर तोलाको २ लाख ४३ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ४२ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर ३१५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३१३५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया