
अमेरिकाबाट निकालिए ६ नेपाली, भारत हुँदै आइपुगे नेपाल
काठमाडाैं – अमेरिकाबाट डिपोर्ट गरिएका ६ जना नेपाली दिल्ली हुँदै काठमाडौं आइपुगेका छन्।
शनिबार राति एयर इन्डिया उडानमार्फत उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।
डिपोर्ट भएकामध्ये चारजना दाङका, एकजना काठमाडौंका र एकजना बागलुङका रहेका छन्।
उनीहरूलाई भिसा उल्लंघन तथा आप्रवासनसम्बन्धी अन्य कारणहरूका आधारमा अमेरिका सरकारले नेपाल फर्काएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।



कागजपत्र |
