प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत


काठमाडौं- सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ। अर्थ मन्त्रालयले पहिलो चरणमा ४ अर्ब ९६ करोड रुपैयाँ स्वीकृत गरेको प्रवक्ता टकंप्रसाद पाण्डेयले जानकारी दिए।

उनका अनुसार, निर्वाचन आयोगले करिब ७ अर्ब ५० करोड रुपैयाँ माग गरेकोमा, अहिलेको खर्च फुकाउन ४ अर्ब ९६ करोड रुपैयाँ स्वीकृत गरिएको हो। आवश्यकता अनुसार थप बजेटको व्यवस्था पनि हुने उनले बताए।

निर्वाचन व्यवस्थापनका लागि आवश्यक स्रोत सुनिश्चित गरिएको छ। २०७९ सालमा भएको निर्वाचनमा कोभिड-१९ महामारीका कारण ९४ प्रकारका सामग्री खरिद गरिएको थियो। यसपटक आयोगले आवश्यक सामग्रीको सूची घटाएर ७९ प्रकारमा सीमित गरेको छ।

यीमध्ये १४ प्रकारका सामग्री मात्र खुला प्रतिस्पर्धाबाट खरिद गरिनेछ। मतपेटिका र मतपत्र छपाइका लागि चाहिने कागज लगायतका बाँकी ६५ प्रकारका सामग्री आयोगसँगै स्टकमा उपलब्ध छन् वा केही स्थानीय तहबाटै खरिद गरिने तयारी छ।

प्रतिक्रिया