एकैदिन ५ हजार ९ सयले बढ्यो सुनको मूल्य


काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार बढेर तोलामा २ लाख ५० हजार २०० रुपैयाँ पुगेको हो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा ३ हजार १७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर ३ हजार ३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया