
संसद् पुनर्स्थापनाका लागि हस्ताक्षर अभियान आन्तरिक छलफलका लागि मात्र हो : पूर्व प्रमुख सचेतक घिमिरे
काठमाडौं- नेपाली कांग्रेसका तर्फबाट विघटित प्रतिनिधिसभामा प्रमुख सचेतक रहेका नेता श्यामकुमार घिमिरेले संसद् पुनर्स्थापनाका लागि आफूले सुरू गरेको हस्ताक्षर अभियानबारे पार्टीलाई औपचारिक रूपमा जानकारी गराएका छन्।
सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार धारणा राख्दै घिमिरेले पूर्वसांसदहरूको हस्ताक्षर संकलन अभियानबारे विस्तृत जानकारी दिएका हुन्। उनका अनुसार उक्त हस्ताक्षर केवल पार्टीको आन्तरिक छलफलका लागि संकलन गरिएको हो, अन्य कुनै प्रयोजनका लागि होइन।
‘हामी केही साथीहरू बसेर निष्कर्षमा पुग्यौँ र यो अभियान सुरू गर्यौँ,’ घिमिरेले बैठकमा भने, ‘यो चालु केन्द्रीय समितिमा बुझाउने उद्देश्यले मात्र गरिएको हो। यसको बाह्य प्रयोगको कुनै योजना छैन भन्ने कुरा म स्पष्ट गर्न चाहन्छु।’
उनले सभापति, कार्यवाहक सभापति वा महामन्त्री कसैको निर्देशनमा अभियान नचलेको पनि प्रष्ट पार्दै विभिन्न तहमा फैलाइएका भ्रम र आरोप–प्रत्यारोप असत्य रहेको बताए। ‘यो कसैको निर्देशनमा गरिएको होइन,’ उनले भने, ‘भ्रम सिर्जना भएको छ, तर म सबै कुरा स्पष्ट पार्न चाहन्छु।’
पूर्व प्रमुख सचेतक घिमिरेले हस्ताक्षर अभियानपछि पार्टीभित्रका केही नेताहरू आफूसँग रिसाएको गुनासो पनि गरे। ।’



कागजपत्र |
