दार्चुलामा ३.५ म्याग्निच्युडको भूकम्प


दार्चुला- दार्चुलामा सोमबार भूकम्पको धक्का महसुस गरिएको छ ।

दिउँसो २ बजेर ४३ मिनेटमा गोकुलेश्वर आसपास केन्द्रविन्दु भएको ३.५ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि, यही कात्तिक २१ गते दिउँसो २ बजेर २२ मिनेटमा अछाममा ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

 

प्रतिक्रिया