
कैलालीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
कैलाली- कैलालीको बर्दगोरिया गाउँपालिका–४ को कोटागढी बजार क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएको छ। आइतबार घोडाघोडी नगरपालिकास्थित साडेपानीमा तरकारी बोकेर गुडिरहेको जिपले ठक्कर दिँदा बर्दगोरिया–६का ५५ वर्षीय शंकर डगौराको मृत्यु भएको घटनाप्रति आन्दोलित पीडित पक्षले सोमबार दिउँसोदेखि सडक अवरुद्ध गरेका हुन्।
दुर्घटनापछि मृतकका आफन्त तथा स्थानीयले उचित क्षतिपूर्ति माग गर्दै प्रदर्शन गरेपछि महेन्द्र राजमार्गको उक्त खण्डमा सवारी आवागमन ठप्प भएको छ।
घटनाबारे थप अनुसन्धान सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
