तोलामा २ सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – स्थानीय बजारमा आइतबार सुनको मूल्य केही बढेको छ । सुन प्रतितोला २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुन प्रतितोला दुई लाख ३८ हजार ४०० रुपैयाँ कारोबार भएको थियो ।

त्यसतै आज चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया