
अछाममा ४ म्याग्निच्यूडको भूकम्पको धक्का
काठमाडौं -अछाममा भूकम्पको धक्का महसुस गरिएको छ ।
शुक्रबार दिउँसो अछामको बाब्ला आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, आज दिउँसो २:२२ बजे ४ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि, बिहीबार (कात्तिक २०) राति १०:४० बजे दार्चुला र भारतीय सीमा आसपास ४.१ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको थियो ।



कागजपत्र |
