
६ सय रूपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं – शुक्रबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला मूल्य २ लाख ३८ हजार ४ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ थियो । अघिल्लो दिन पनि सुन प्रतितोला ६ सय रुपैयाँ बढेको थियो ।
यसअघि असोज ३१ गते सुनको भाउले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको छ ।
चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २० रुपैयाँ पुगेको छ । यसअघि असोज ३१ गते चाँदीको भाउले ३ हजार ३५० रुपैयाँको रेकर्ड बनाएको छ ।



कागजपत्र |
