काभा यू-१९ भलिबलः नेपाल सेमिफाइनलमा


काठमाडौं – काभा अन्डर-१९ महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। र, तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

श्रीलङ्काको कोलम्बोस्थित सुगाथादासु इन्डोर कम्प्लेक्समा बिहीबार नेपालले लिगको आफ्नो तेस्रो तथा अन्तिम खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको हो।

नेपालले माल्दिभ्सलाई २५–७, २५–१०, २५–११ ले हरायो । दोस्रो जितपछि नेपालले तीन खेलबाट ७ अङ्क जोडेको छ। नेपालले एक दिनअघि घरेलु टिम श्रीलङ्कालाई ३–१ को सेटमा हराएको थियो।

चार टिम सहभागी प्रतियोगितामा सिङ्गल राउन्ड रोविनका आधारमा खेलाइएको छ। अब लिग चरणको अङ्क तालिकाका आधारमा सेमिफाइनल खेल हुने छ। लिग चरणपछि शीर्ष स्थानमा रहने टोली चौथो स्थानमा रहने टोली तथा दोस्रो र तेस्रो स्थानमा रहने टोलीबिच सेमिफाइनल खेल भोलि हुनेछ।

नेपाल शीर्ष स्थानमा रहँदै समिफाइनलमा प्रवेश गर्दा नेपालले माल्दिभ्स प्रतिस्पर्धी पाएको छ। यस्तै तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका श्रीलंका र किर्गिस्तान फाइनल प्रवेशका लागि भिड्ने भएका छन्। फाइनल खेल आइतबार हुनेछ।

नेपालले पहिलो खेलमा किर्गिस्तानसँग ३–२ सेटको प्रतिस्पर्धात्मक हार बेहोरेको थियो।

प्रतिक्रिया