टेलिभिजनकर्मी किम कार्दसियन फोर्ब्सको धनाढ्य सूचीमा


काठमाडौं – फोर्ब्सको धनाढ्य सूचीमा अमेरिकी मोडल किम कार्दसियन पर्न सफल भएकी छिन् । कार्दसियनलाई फोर्ब्सले औपचारिक रुपमा अर्बपतिको घोषणा गरेको हो ।

बहिनी काइली जेनर अर्बपतिको सूचीबाट बाहिरिएको एक वर्षपछि कार्दसियन धनाढ्य सूचीमा परेकी हुन् । फोर्ब्स म्यागेजिनका अनुसार कार्दसियनले टेलिभिजन कार्यक्रम, विभिन्न कम्पनीको विज्ञापनबाट अरबौं डलर आम्दानी गरेकी हुन् ।

४० वर्षकी कार्दसियनको आफ्नै व्यापार पनि छ । उनको कम्पनीको अन्डरवेयर तथा लन्जवेयर निकै चर्चित छ । गत अक्टोबर यता कार्दसियनले २० करोड अमेरिकी डलर कमाएकी छिन् ।

त्यससँगै कार्दसियनको सम्पत्ति एक अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको हो । कार्दसियन र उनका पति किम वेस्टबीच हालै सम्बन्ध विच्छेद भएको चर्चा चलेको थियो । एजेन्सी

प्रतिक्रिया