
केपी ओलीसँग भेटेपछि झाँक्री समूहको पार्टी प्रवेश तय
काठमाडौं- नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री र केन्द्रीय सदस्य किसान श्रेष्ठसहित केही नेताहरू पुनः नेकपा एमालेमा फर्कन लागेका छन्।
आज एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झाँक्री समूहको भेटवार्ता भएको छ। भेटवार्तापछि एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले जानकारी दिँदै भने, “२४ कात्तिकमा झाँक्री लगायत नेताहरू औपचारिक रूपमा एमालेमा प्रवेश गर्ने तयारीमा छन्।”
माधवकुमार नेपालको नेतृत्वमा गठित एकीकृत समाजवादी दल हालै अन्य वामपन्थी घटकहरूसँग एकीकृत भई नयाँ नेपाली कम्युनिष्ट पार्टी बनेको छ। तर झाँक्री, श्रेष्ठलगायत नेताहरू उक्त एकीकरणमा सामेल भएनन्।



कागजपत्र |
