
भक्तपुर बाल सुधार गृहबाट भागेका १६ वर्षीय किशोर पक्राउ
काठमाडौं- जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा भक्तपुरस्थित बाल सुधार गृहबाट भागेका एक १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने किशोर भक्तपुर नगरपालिका–६ का निवासी हुन्। उनी बलात्कार मुद्दामा अदालतको आदेश अनुसार पुर्पक्षका लागि थुनामा थिए।
भक्तपुर प्रहरीले बिहीबार उनलाई नगरपालिका–७, जगातीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एक अधिकृतले जानकारी दिएका छन्।



कागजपत्र |
