बेलायतका लागि म्यानमारका राजदूतलाई दूतावासभित्र प्रवेशमा रोक


लण्डन – बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनलाई राजदूतावास भित्र प्रवेशमा रोकिएको छ । म्यानमारमा भएको सैन्य शासनको विरोध गर्दै आएका मिनले आफ्नै दूतावास प्रवेश गर्न नपाएका बीबीसीले जनाएको छ ।

उनले दूतावासका सैनिक सहचारीको नेतृत्वमा आफूलाई भित्र प्रवेश गर्न नदिइएको बताएका छन् । अन्य कर्मचारी भित्रै रहेका बेला आफूलाई घण्टौँसम्म पनि प्रवेश गर्न नदिइएको उनले बताएका छन् ।

गएको फेब्रुअरी १ तारिखमा म्यानमारका सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई हिरासतमा लिएपछि बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनले विरोध गर्दै आएका थिए । म्यानमारमा सैन्य ‘कू’ को विरोधमा भइरहेको विरोध प्रदर्शनमा अहिलेसम्म बालबालिकासहित ५ सयभन्दा धेरैको ज्यान गएको छ । एजेन्सी

प्रतिक्रिया