अमेरिकासँग यूएईको लज्जास्पद हार


काठमाडाैं- आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा संयुक्त राज्य अमेरिका (युएसए) ले संयुक्त अरब इमिरेट्स (युएई) लाई २४३ रनको फराकिलो अन्तरले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको छ।

२९३ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली युएई, अमेरिकी बलरहरुसामु निरीह बन्यो। २२.१ ओभरमा मात्र ४९ रन बनाएर अलआउट भयो।

अमेरिकाले साईतेजा मुक्कामल्ला र मिलिन्द कुमारको कीर्तिमानी शतकीय साझेदारीमा विशाल योगफल तयार पारेको थियो।

यी दुईले चौथो विकेटका लागि अविजित २६४ रनको विशाल साझेदारी गरे। मुक्कामल्लाले १४९ बलमा १० चौका र ३ छक्कासहित १३७ रनको अविजित शतकीय पारी खेले भने कुमारले पनि १२५ बलमा ११ चौका र १ छक्काको मद्दतले १२३ रनमा अविजित रहे।

 

प्रतिक्रिया