
काठमाडौं महानगरले भत्कायो थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागको भवन
काठमाडौं- काठमाडौं महानगरपालिकाले थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागको भवन भत्काएको छ । आइतबार बिहान महानगर प्रहरीको ठूलो टोली डोजरसहित स्थलमा पुगेको थियो ।
महानगरका प्रहरी नायब उपरीक्षक (डीएसपी) पूर्णचन्द्र भट्टका अनुसार सम्पदा क्षेत्रमा अनधिकृत रूपमा निर्माण भएका संरचना हटाउने अभियान अन्तर्गत सो भवन भत्काइएको हो । उनले यसका लागि व्यक्तिगत रूपमा पत्राचार गर्नु आवश्यक नपर्ने बताए ।
डीएसपी भट्टले भने, ‘यसका लागि व्यक्तिगत रूपमा पत्र पठाउन आवश्यक छैन । एक महिनाअघि नै सार्वजनिक सूचना जारी गरिएको थियो, साथै हिजोअस्ती माइकिङ गरेर पनि जानकारी दिइएको हो ।’
यसैबीच जिल्ला प्रहरी परिसर काठमाडौंले भने महानगरले ट्राफिक प्रहरी प्रभागको भवन भत्काउनेबारे कुनै जानकारी नदिएको जनाएको छ ।



कागजपत्र |
