अमेरिकाविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल


काठमाडौं- आईसीसी मेन्स विश्वकप क्रिकेट लिग २ अन्तर्गत सिरिजमा नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्नेपर्ने भएको छ । यूएईमा अमेरिकाले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गर्न लागेको हो ।

जारी सिरिजमा नेपाल पहिलो जितको खोजीमा रहेको छ । नेपाल पहिलो खेलमा अमेरिका र दोस्रो खेलमा यूएईसँग पराजित भएको छ ।

आठ टोली रहेको सिरिजमा २२ खेल खेलेको अमेरिका ३२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । १८ खेल खेलेको नेपाल १२ अंकसहित सातौँ स्थानमा छ ।

प्रतिक्रिया