
युएईसँग नेपाल पाँच विकेटले पराजित
काठमाडौं-आईसीसी विश्वकप लिग–२ अन्तर्गत दुबईमा बिहीबार भएको खेलमा नेपाल घरेलु टोली युएईसँग ५ विकेटले पराजित भएको छ।
त्रिकोणात्मक सिरिजअन्तर्गतको खेलमा कप्तान रोहित पौडेलको शतकबाहेक अन्य ब्याटरहरू नचल्दा नेपाल पराजित हुन पुगेको हो । नेपालको बलिङ पनि कमजोर हुँदा लगातार दोस्रो हार बेहोरेको छ । यसअघि नेपाल अमेरिकासँग पनि पराजित भएको थियो ।
नेपालले पहिले ब्याटिङ गरेर ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ३३ रन बनाएको थियो। उता घरेलु टोली युएईले लक्ष्य ४३.३ ओभरमै पाँच विकेट गुमाएर सजिलै भेट्टायो ।



कागजपत्र |
