बीपी राजमार्गमा रातको समयमा सवारी चलाउन रोक


काठमाडौं-  बीपी राजमार्गको रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। बिहीवार काभ्रेपलाञ्चोक र सिन्धुली जिल्ला प्रशासनले छुट्टाछुट्टै सूचना जारी गर्दै यो निर्णय जानकारी गराएका हुन्।

काभ्रेपलाञ्चोक प्रशासनका अनुसार, वर्षा र बाढी–पहिरोको जोखिमका कारण यात्रु र सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न आज साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्म काभ्रे भञ्ज्याङदेखि सिन्धुली खण्डमा सवारीसाधन चलाउन रोक लगाइएको छ।

त्यसैगरी काभ्रे प्रशासनले आज र भोलि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म खुर्कोटबजार, सिन्धुलीबाट काठमाडौँतर्फ जाने सवारीसाधनको आवागमनमा पनि निषेध गरिएको जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावका कारण देशभर वर्षा भइरहेको छ। विभागले शनिबार बिहानदेखि मात्र मौसम सुधार हुने जानकारी दिएको छ।

प्रतिक्रिया