
नेप्से परिसूचकमा सामान्य गिरावट
काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अंकको गिरावट आएको छ। आज परिसूचक ५.१७ अंकले घटेर २,५६६.१६ को स्तरमा बन्द भएको छ।
नेप्सेका अनुसार आज ३२१ कम्पनीका १ करोड १५ लाख १ हजार २८४ कित्ता शेयर ५० हजार ४८७ पटक खरिदबिक्री भएको छ। कुल कारोबार रकम ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार ६८१ रुपैयाँ बराबरको भएको छ।



कागजपत्र |
