
पाल्पामा ईभी गाडी दुर्घटना : चालकसहित ३ जना घाइते
पाल्पा – रैनादेवी छहरा गाउँपालिका–४, भञ्ज्याङमा बुधबार दिउँसो इलेक्ट्रिक भ्यान (ईभी) दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार, दुर्घटना लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नम्बरको गाडीलाई दिउँसो बुटवलबाट मेहलढापतर्फ जाँदै गर्दा भएको हो।
घाइतेहरूलाई घटनास्थलबाट उद्धार गरी नजिकैको अस्पतालतर्फ पठाइएको छ। गाडी सडकबाट करिब ५०० मिटर तल खसेको थियो।
प्रहरीले दुर्घटनाको थप कारण र विवरणबारे अनुसन्धान जारी रहेको जनाएको छ।



कागजपत्र |
