ज्योति लाइफको शेयर पर्ने मालामाल, पहिलो कारोबार नै अधिकतम मुल्यमा, कतिसम्म पुग्ला?


काठमाडौं– ज्योति लाइफ इन्स्योरेन्सको ओपनिङ कारोबार अधिकत मुल्यमा सुरु भएको छ। बुधबारदेखि खुलेको पहिलो कारोबार नै प्रति कित्ता ३६० रुपैंयाका दरले भएको छ।

नेप्सेले तोकेको ओपनिङ रेन्जको माथिल्लो रेन्जबाट नै कारोबार सुरू भएको हो । कम्पनीको शेयरलाइ नेप्सेले न्यूनतम १२० रुपैयाँ २९ पैसादेखि अधिकतम ३६० रुपैयाँ ८७ पैसा ओपनिङ रेन्ज तोकेको थियो।

ज्योति लाइफको शेयर पर्नेहरू यस हिसाबको कारोबार बढेको खण्डमा मालामाल हुनेछन्। यो रेन्ज थोरै समयमा नै अधिकतम भएर बढ्ने अनुमान गरिएको छ। कम्तिमा पनि महिनाभित्र ज्योतिको कारोबार ७ देखि ८ सयसम्म पुग्न सक्ने महत्वकांक्षी प्रक्षेपण गरिएको छ।

प्रतिक्रिया