
सुनको मूल्यमा लगातार गिरावट, प्रतितोला ७ सयले घट्दा कतिमा हुँदैछ कारोबार?
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला ७०० रुपैयाँ घटेर कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ बढेर दुई हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदी प्रतितोला दुई हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।



कागजपत्र |
