प्रधानमन्त्रीले बोलाइन् सरकार, दल र जेनजीको त्रिपक्षीय बैठक


काठमाडौं-  प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेनरेशन–जी (जेनजी) अगूवाबीच त्रिपक्षीय संवाद अघि बढाउने तयारी स्वरूप भोली बैठक आह्वान गरेकी छन् । पहिलोपटक राष्ट्रिय मान्यता प्राप्त दलहरूका प्रतिनिधि र जेनजी आन्दोलनसँग सम्बन्धित अगूवालाई एउटै टेबलमा बसाल्ने सरकारको प्रयासका रूपमा यसलाई हेरिएको छ ।

प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलका अनुसार बैठक बालुवाटारमा साँझ ४ बजे बोलाइएको छ । उनका अनुसार बैठकमा आगामी निर्वाचनलाई सफल बनाउने रणनीति तथा परिवर्तनलाई संस्थागत गर्ने प्रमुख एजेन्डाहरूमा छलफल केन्द्रित हुनेछ ।

जेनजी आन्दोलनका तर्फबाट केही समूहका नेतृत्वलाई निमन्त्रणा गरिएको जानकारी आएको छ । राजनीतिक दलहरूको तर्फबाट भने दोस्रो तहका नेताहरू सहभागी हुने व्यवस्था मिलाइएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया