भूपेन्द्र गुरुङले अमेरिकामा जिते ३ पदक


काठमाडाैं- भूपेन्द्र गुरुङले विश्व खुला मार्सल आट्र्स च्याम्पियनशिपमा ३ पदक जितेका छन् । अमेरिकाको बोस्टनमा हिजो भएको प्रतियोगितामा भूपेन्द्रले ३ फरक स्पर्धामा २ स्वर्ण र १ रजत पदक जितेका हुन् ।

वर्ल्ड फाइटिङ मार्सल आर्ट्स फेडरेशनको आयोजनामा भएको प्रतियोगितामा भूपेन्द्रले ताइची छ्वान ओपन ह्यान्डमा ९.५ र छाङ छ्वान ९.०३३ अङ्क जोड्दै स्वर्ण जोडे । यस्तै ताइची छ्वान शर्ट वेपनमा रजत जितेका भूपेन्द्रले ९.२ अङ्कक बटुले । तीनै स्पर्धाको पूर्णाङ्क १० थियो ।

यसअघि भूपेन्द्रले अमेरिकाको विभिन्न शहरमा भएका ३ प्रतियोगितामा ३ स्वर्ण र ३ रजत पदक जितेका थिए । उनले जर्मनी, बेलायत र थाइल्यान्डमा भएका विभिन्न प्रतियोगितामा पनि पदक जितेका छन् ।

भूपेन्द्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् ।

प्रतिक्रिया