
सौर्य गठबन्धनको महासभामा सहभागी हुन मन्त्री घिसिङ दिल्लीतर्फ
काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ महासभामा सहभागी हुन सोमबार भारत प्रस्थान गरेका छन्। उनी अपराह्न राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नियमित उडानमार्फत नयाँ दिल्ली पुगेका हुन्।
कार्तिक १० देखि १३ गतेसम्म नयाँ दिल्लीमा आयोजना हुने उक्त सभामा ४० भन्दा बढी सदस्य देशका मन्त्री र उच्चस्तरीय प्रतिनिधिहरू सहभागी भइरहेका छन्। सौर्य ऊर्जा प्रवर्द्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका प्रयास तथा क्षेत्रीय सहकार्यका अवसरबारे महासभामा व्यापक छलफल हुनेछ।
मन्त्री घिसिङले नेपालको तर्फबाट सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। उनले विशेषगरी स्वच्छ ऊर्जा रूपान्तरण, क्षेत्रीय ऊर्जा अन्तर–आवद्धता तथा सहकार्य विषयक सत्रमा मुख्य प्रस्तुति दिने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ।
नेपाल दिगो ऊर्जा विकासको लक्ष्यअनुसार सौर्य ऊर्जाको उपयोग विस्तारमा प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्वच्छ ऊर्जाको पहुँच बढाउने उद्देश्यले आईएसएको सक्रिय सदस्यका रूपमा सहभागी भएको हो।
सन् २०१५ नोभेम्बरमा पेरिसमा जारी घोषणा अनुसार, सदस्य राष्ट्रहरूले सौर्य ऊर्जाको उपयोग बढाउने साझा चुनौतीलाई संयुक्त रूपमा सम्बोधन गर्ने उद्देश्य राखी अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापना गरिएको थियो। सन् २०३० सम्म एक हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी परिचालन गरी सौर्य प्रविधिको भविष्यउन्मुख विकासमा मार्गनिर्देशन गर्ने लक्ष्यसमेत आईएसएको छ।
नेपाल १०१औँ सदस्यका रूपमा सन् २०८१ भदौमा आईएसएको औपचारिक सदस्य बनेको थियो। मन्त्री घिसिङ बुधबार स्वदेश
विमानस्थलमा भीआईपी सुविधा नलिई सामान्य यात्रुजस्तै यात्रा गरेका कारण मन्त्री घिसिङको व्यवहार व्यापक चर्चामा आएको छ। साधारण ढंगले यात्रा गरेको भन्दै उनको प्रशंसा बढेको छ।



कागजपत्र |
