
नेपाल अमेरिकासँग १०६ रनले पराजित
काठमाडौं- आईसीसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग १ सय ६ रनले पराजित भएको छ । टस हारेर फिल्डिङको निम्तो पाएको अमेरिकाले २ सय ६३ रनको चुनौती दिएको थियो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइको खेलमा अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६२ रन बनायो ।
जवाफी ब्याटिङमा उत्रिएको नेपाल ३९ ओभर १ बलमा १ सय ५५ रनमा अलआउट भयो ।



कागजपत्र |
