आईसीसी विश्वकप लिग-टुः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य


काठमाडौं – आईसीसी विश्वकप लिग टु अन्तर्गत युएई सिरिजमा अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ ।

दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनायो ।

अमेरिकाका ओपनर स्मित पटेलले सर्वाधिक ७५ रनको योगदान दिए । मिलिन्द कुमारले अविजित ७० रन बनाए ।

बलिङमा नेपालका सन्दीप लामिछानेले २, सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

लिग-२ मा नेपाल १६ खेलबाट १२ अंक बटुल्दै सातौँ स्थानमा छ ।

 

प्रतिक्रिया