
शपथअघि विवाद भएपछि सुनारको नाममा पुनर्विचार
काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषदमा चार नयाँ मन्त्रीलाई शपथ ग्रहण गराउने तयारी अन्तिम चरणमा रहेकै बेला श्रम तथा रोजगार मन्त्रीमा नियुक्त हुन लागेका खगेन्द्र सुनार विवादमा परेपछि यस विषयमा गम्भीर पुनर्विचार सुरु भएको छ।
आइतबार दिउँसो २:३० बजे शपथ ग्रहण गर्ने कार्यक्रम थियो। तर, शपथको केही समयअघि प्रधानमन्त्री कार्की बालुवाटारमा केही मन्त्रीहरूसँग छलफलमा व्यस्त थिइन्। दैलेखका सुनारविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेको र उनीमाथि वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोप सार्वजनिक भएपछि यो अवस्था आएको हो।
प्रधानमन्त्री आफ्नो मन्त्रिपरिषदमा विवादित अनुहार नआऊन् भन्नेमा सचेत देखिएकी कारण, सुनारको नाममा अन्तिम समयमा पुनर्विचार हुन सक्ने बालुवाटार स्रोतले जानकारी दिएको छ।



कागजपत्र |
