थापाथली चोक–त्रिपुरेश्वर मार्गको अवैध संरचनामाथि डोजर चल्यो


काठमाडौं– त्रिपुरेश्वर मोड क्षेत्रको थापाथली भागमा निर्माण गरिएका अवैध संरचना हटाउन काठमाडौं महानगरपालिकाले आइतबार डोजर प्रयोग गरेको छ।

महानगरपालिका-११ अन्तर्गत थापाथली चोकबाट त्रिपुरेश्वरतर्फ जाने मोडमा रहेका अवैध संरचनामाथि डोजर चलाइएको हो। गुठीसँगको समन्वयमा गैरकानूनी रूपमा बनेका संरचना हटाउने अभियान सञ्चालन गरिएको महानगरपालिका प्रहरी बलले जनाएको छ।

प्रतिक्रिया