
समर्थन फिर्ता नलिई गण्डकीमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा
काठमाडौं– सरकारलाई दिएको समर्थन फिर्ता नलिई गण्डकी प्रदेश सरकारका दुई जना माओवादीका मन्त्रीले राजीनामा बुझाएका छन्।
बुधबार प्रदेश सभा बैठकका क्रममा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई उनीहरुले राजीनामा बुझाएका हुन्।
आन्तरिक मामला मन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था तथा कृषि मन्त्री लेखबहादुर मगरले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई राजीनामा बुझाएका हुन् ।
माओवादीको संसदीय दलको बैठकले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेपछि राजीनामा बुझाइएको हो। प्रदेशसभा बैठकलाई सम्वोधन गर्दै चुमानले बर्तमान बिडम्बनापूर्ण राजनीतिक परिस्थितिले गर्दा नमिठो निर्णय लिनु परेको बताएका थिए।



कागजपत्र |
