प्राधिकरणका महानिर्देशकमाथि आक्रमण गरेको आरोपमा तीनजना पक्राउ


काठमाडौं – नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि भएको आक्रमणको घटनामा संलग्न तीन जना पक्राउ परेका छन्। प्रहरीले ती व्यक्तिहरूलाई फरक–फरक स्थानबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

गत कात्तिक ३ गते साँझ सातदोबाटो नजिक अधिकारीमाथि अपरिचित समूहले आक्रमण गरेको थियो। घटनापछि प्रहरीको विशेष टोलीले खोजतलास तीव्र पार्दै काभ्रेका कोकिलबहादुर शाह, रामेछापका सिर्जन अधिकारी (३१) र सर्लाहीका हेम तामाङ (३५) लाई पक्राउ गर्न सफल भएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार शाह र अधिकारीलाई कोटेश्वरबाट र तामाङलाई ललितपुर क्षेत्रबाट पक्राउ गरिएको हो। अहिले ती तीनै जनालाई प्रहरी वृत्त सातदोबाटोमा राखी सोधपुछ जारी छ।

घटनापछि महानिर्देशक अधिकारीले तत्कालै सुरक्षा निकायमा जानकारी गराएका थिए।

प्रतिक्रिया