
‘चियाको सट्टा रगत पिउनेहरूले मलाई लुसिफर भन्ने ?’
काठमाडौं- काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले आफूलाई लुसिफर भन्नेहरूलाई जवाफ फर्काएका छन् ।
सिंहदरबार, संसद भवन र अदालतसहित राज्यका संरचना जेन–जी आन्दोलनमा जलेपछि बालेनको आलोचना भएको थियो । केही समयअघि बालेनले सिंहदरबार जलाइदिने धम्की दिएका थिए । बालेनको सोही धम्कीपछि सिंहदरबार जलाइएको कतिपयको आरोप छ ।
केही विश्लेषकहरूले बालेनलाई लुसिफरको संज्ञा दिएका थिए । त्यसको जवाफमा आज बालेनले कठोर शब्दहरू प्रयोग गरेका छन् ।
यस्तो छ उनको स्टाटस
तुइन र काठको पूल बनाउने नेताहरु भन्छन ,
यो देश विदेशीले बिगार्यो,
Visa पाउनलाई तिमीहरुको घर धाउनु पर्छ ,
अरुलाई एजेन्ट भन्छौ !!!
आन्दोलनमा पुरै देश एमालेले काङ्रेसको जलाउछ ,
काङ्रेसले एमालेको जलाउछ , दोश आफ्नो बाल बच्चालाई दिन्छौ !
चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ !
लाज लाग्दैन ?



कागजपत्र |
