पोखरामा जुवा खेलिरहेका २० जना पक्राउ


कास्की – प्रहरीले पोखराको नयाँजबार, लप्सीबोट र मोहरियाटोलबाट जुवा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ।

जुवातास खेलिरहेको अवस्थामा उनीहरुबाट नगद ६ लाख दुई हजार १०५ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

उनले भने, ‘तिहारको समयमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मार्दा उनीहरुलाई पक्राउ गरिएको छ प्रहरीले जुवातास खेल्ने र खेलाउनेहरुलाई निगरानी गरिरहेको छ।‘ प्रहरीका अनुसार पोखरा नयाँबजारबाट पाँच जना पक्राउ परेका छन्। उनीहरूको साथबाट दुई सय १२ पत्ती तास र नगद दुई लाख ५१ हजार ४५५ बरामद भएको छ।

यसैगरी पोखरा महानगरपालिका–२६ विजयपुरको लप्सीबोट सामुदायिक वनबाट सात जना पक्राउ परेका छन्। उनीहरूको साथबाट १४ थान कौडा र ७७ हजार २०५ नगद फेला परेको छ।

यस्तै प्रहरीले पोखरा–२ मोहोरियाटोलबाट आठ जना पक्राउ गरेको र उनीहरूको साथबाट छ बुक तास र नगद दुई लाख ७३ हजार ४४५ बरामद गरिएको प्रनाउ बस्नेतले जानकारी दिए। पक्राउ परेकाहरुलाई अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया