पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार भेटघाट गर्दैछन् ।

जेनजी आन्दोलनपछि सत्ताच्युत भएपछि उनले पहिलोपटक पत्रकारहरु बोलाएर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।

पत्रकार भेटघाट कार्यक्रम दिउँसो एक बजे हुने जनाइएको छ । एमाले केन्द्रीय कमिटीको बैठक पनि त्यहीँ भएको थियो ।

ओलीले शुक्रबारको केन्द्रीय कमिटी बैठक समापनमा घुमाउरो तरिकारले विद्या भण्डारीको सदस्यता नवीकरणका लागि सकारात्मक भएको जस्तो संकेत गरेका थिए । जसकारण फरक मत राख्ने इतर पक्षका नेताहरूको तयारी रोकिएको थियो ।

प्रतिक्रिया