
काठमाडौं- भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहसचिव एवं हाल योजना आयोगका सचिव गोकर्णमणि दवाडीमाथि उपत्यका बाहिर जान नपाउने गरी लगाइएको रोक खुला गरेको छ।
आयोगका अनुसार दवाडीलाई एक पटकमा सात दिनसम्म उपत्यका बाहिर जान अनुमति दिइएको हो। आयोगले भनेकाे छ— “उनी सात दिनको अवधिभित्र क्षतिको मूल्यांकन कार्यका लागि सातै प्रदेशमा जान सक्नेछन्, तर विदेश यात्रा गर्न भने निषेध गरिएको छ।”
आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सचिव दवाडीलाई आवश्यक अनुसन्धानका क्रममा जुनसुकै बेला बयानका लागि बोलाउन सकिनेछ। क्षति मूल्यांकनका लागि प्रदेशस्तरका टोलीसँग सहकार्य गर्नुपर्ने भएकाले सीमित अवधि खुला गरिएको हो।”



कागजपत्र |
