भावविह्वल हुँदै फर्किए विपिनका आमा र बहिनी


काठमाडौं — हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अमेरिका गएका उनकी आमा र बहिनी आज स्वदेश फर्किएका छन् ।

विपिनको मृत्यु भएको पुष्टि भएपछि उनीहरू खाली हात फर्किएका छन् । कतार एयरवेजबाट आज बिहानको उडानबाट निराश मुद्रामा उनीहरू काठमाडौँ आइपुगेका हुन् ।

विमानस्थलबाट बाहिर निस्कँदा उनीहरू भावविह्वल भएका थिए ।

हमासले विपीनसहित चारजनाको शव इजरायललाई हस्तान्तरणपछि गरिएको डिएनए परिक्षण गर्दा विपिनको मृत्यु भएको पुष्टी भएको छ । यससँगै इजरायल सरकारले विपिनको शव नेपालसम्म ल्याउने प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया