२२ अंकले घट्यो नेप्से


काठमाडाैं- बजारमा आज २०६ वटा सेयरको मूल्य घटेको छ। २२.५८ अंकले घटेर २५०५.५८ विन्दुमा नेप्से पुगेको दिन ४० वटा सेयरको मात्रै मूल्य बढेको हो।

पाँचवटाको भने अघिल्लो मूल्यमै कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज ७६ लाख ११ हजार कित्ता बिक्रीमा ३ अर्ब १० करोडको कारोबार भएको छ।

समता घरेलु लघुवित्त, एनआईसी एसिया ब्यालेन्स्ड फन्ड, क्रेस्ट माइक्रो लाइफ, मातृभूमि लघुवित्तलगायतको सेयर अधिकतम ६.९३ प्रतिशतसम्मले बढेको नेप्सेले जनाएको छ।

समाज लघुवित्त र विन्ध्यावासिनी हाइड्रोको भने नकारात्मक सर्किट लागेको छ।

आज सर्वाधिक कारोबारमा नेपाल पुनर्बीमा नै अगाडि छ। कम्पनीको २० करोडको सेयर लगानीकर्ताले खरिदबिक्री गरेका हुन्। त्यसबाहेक हिमालयन रिको १३ करोडको कारोबार भएको छ।

प्रतिक्रिया