धनकुटामा बस दुर्घटना हुँदा दुईको मृत्यु, सात जना घाइते


धनकुटा-  धनकुटाको निगालेमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिका–जितपुर जाँदै गरेको प्रदेश १०–२००१ ख ९६०६ नम्बरको बस बुधबार दिउँसो दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा धनकुटा महालक्ष्मी–६ की ५५ वर्षीया गंगा कार्की र महालक्ष्मी–९ का ६० वर्षीय डिल्लि बरालको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख सर्तकुमार थापा क्षेत्रीले जानकारी दिए।

त्यस्तै, दुर्घटनामा धनकुटा–४ की ४५ वर्षीया दुर्गामाया तिम्सिना भट्टराई, मोरङ केरावारी–९ की ६० वर्षीया देवी न्यौपाने, धनकुटा महालक्ष्मी–९ की ७५ वर्षीया तारादेवी काफ्ले, महालक्ष्मी नगरपालिका–७ की ३३ वर्षीया श्रीजना जीमी, महालक्ष्मी नगरपालिका–८ की १७ वर्षीया खुसी लुंगेली र मोरङ गछियाकी ८ वर्षीया अंकिता खड्का घाइते भएका छन्।

प्रहरीका अनुसार घाइतेहरूलाई धनकुटा अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया